१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लामाचौरमा टिपर आफैं गुडेर पस्यो घर भित्र



८ असोज ०७९, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १३, लामाचौरमा शुक्रबार राति एक टिपर घर भित्र पसेको छ ।

सवारी चालक आशिष अर्यालले ग्राभल लिएर आएको टिपर रोकेर बाहिर निस्किएका पछि एक्कासी टिपर आफैं गुडेको हो । प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३–०१–००६ ख ०००८ नम्बरको टिपर अगाडि गएर सिँधै घरमा ठोक्कियो थियो।

मानवीय क्षति केही नभए पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ४ : २५ बजे