१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा एकै दिन ३ जना मृत फेला




९ असोज ०७९, काठमाडौं । राजधानीमा एकै दिन शनिबार फरक फरक ठाँउमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
प््रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नयाँबस्ती,भक्तपुरको डेकोचा र ललितपुरको झरुवाराशीमा तीन पुरुषह मृत अवस्थामा भेटिएका हुन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती डेरा गरी बस्ने काभ्रे रोशीखोला गाउँपालिका १० घर भएका ६५ वर्षीय बृद्ध रामबहादुर तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परे ।
भक्तपुरको भक्तपुर नगरपालिका ६ डेकोचा महाकाली डेरा गरी बस्ने काभ्रे घर भएका ३५ वर्षीय रोशन थापा सोही ठाउँस्थित शौचालयमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका १३ झरुवारासी डेरा गरी बस्ने रोल्पा त्रिवेणी घर भएका ४० वर्षीय करण पुन आफ्नै डेरा नजिकै सडक छेउको झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ४८ बजे