८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ३ मा टिकटको रस्साकस्सी,रोचक चुनावी भीडन्तको संकेत




१० असोज ०७९, ललितपुर । मसिर ४ गते हुने संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारहरुबीच मत आफ्नो पक्षमा पार्न रोचक चनावी भिडन्त हुने दखिएको छ ।
आउँदो असोज २३ गते उम्मेदवार मनोनयसँगै ललितपुर ३ पाटन क्षेत्रका मतदाताको मत कतातर्फ मोडिन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
गतस्थानीय निर्वाचनमा मुलभुत रुपमा सत्ता गठबन्धन बलियो देखिए पनि नेकपा एमाले एक्लै लडेको अवस्थामा बलियो नै सावित भयो । पाँच वटा दलसँग एक्लै भिडेको एमाले पछिल्लो समय तयारीका साथ उत्रदैछ ।
उम्मेदवार छान्न नै सकस
पछिल्लो समय सत्ता गठबन्धनलाई उम्मेदवार छान्न नै महाभारत पर्ने देखिएको छ । नेपाली काँग्रेसभित्रै शेखर र शेरबहादुर गुट उम्मेदवार टुंगो लगाउन बाधक छन् । ललितपुरभित्र शेरबहादुर पक्ष उदयशम्सेर र मदनबहादुर गुटको टिकटमा हानथाप छ ।
तर पछिल्लो समय ललितपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र ३ का माओवादी केन्द्रलाई संघीय निर्वाचनका लागि टिकट दिने भद्र सहमतीपछि जल,उर्जा तथा सिचाई मन्त्री समेत रहेकी नेतृ पम्फा भुसालले राहत महसुस गरेकी छिन् ।
नेपाली काँग्रेसका नेता मदन बहादुर अमात्य आफूहरुले ललितपुर ३ बाट दावी नछोडेको ललितपुर खबरसँग बताए । उनी ललितपुर ३ बाट आफू निविकल्प उम्मेदवार रहेको तर गठबन्धनका कारण उम्मेदवारी टुंगो नलागेको बताउछन् । नेकपा माओवादीकी पम्फा भुसाल यहाँबाट जित्ने हैसियन नराख्ने उनको बुझाई छ ।
पछिल्लो समय डेगु संक्रमणपछि घरमै आराम गरिरहेका उनी टिकटका लागि दौडधुप गर्न सकिरहेका छैनन् ।
उता नेकपा एमालेले भने ४ जनाको नाम सिफरिस गरेर केन्द्रमा पठाएको केन्द्रिय सदस्य हरिकृष्ण व्यञ्जनकार बताउछन् । उनका अनुसार नेताहरु अमृत खड्का,केशव आचार्य, बाबुराम थापा र रेनुका बजगाईको नाम सिफारिस भएको छ ।
नेकपा एमालेबाट ललितपुर ३ बाट अमृत खड्काले उम्मेदवारी पाउन सक्ने चर्चा छ । उता बबाुराम थापा समेत केन्द्रमा राम्रै पहुच राख्ने नेताका रुपमा दरिएका छन् । जिल्लाका नेताहरुका अनुसार ललितपुर ३ बाट जुनसुकै व्यक्तिले टिकट पाए पनि पार्टी एकताबद्ध भएर जित हासिल गर्नतर्फ लाग्ने बताउछन् ।
ललितपुरमा स्वतन्त्र रुपमा बौद्धिक क्षेत्रका व्यक्तिहरुले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् । यसरी उम्मेवारी घोषणा गर्नेमा वातावरणविद् अरनिको पाण्डे र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शल्य चिकित्सक समेत रहेकी नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय डा तोसिमा कार्की छन् ।
नेकपा माओवादीका नेताहरु भने भद्र सहमती भइसकेको अवस्थामा अव ललितपुर २ को टिकटमा मात्रै समस्या रहेको बताउछन् । उनीहरुका अनुसार ललितपुर २ मा नेपाली काँग्रेस र समाजवादीले दावी गरेको छ ।
पार्टीहरुभित्र संघीय उम्मेदवारहरुको टिकट विवादका कारण प्रदेशको उम्मेदवार छान्ने विषयमा राजनीतिक दलहरुबीच खासै बहस नै हुन नपाएको नेताहरु बताउछन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ४८ बजे