१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा झण्डै ६ हजारमा डेंगु



१० असोज ०७९, ललितपुर । ललितपुरमा पाँच हजार नौ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशभर २४ हजार चार सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस वर्ष डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा मात्रै डेंगु संक्रमितको संख्या १९ हजार पुगेको छ, जुन कुल संक्रमणको झन्डै ७८ प्रतिशत हो । जसमध्ये काठमाडौंमा आठ हजार एक सय ३६, ललितपुरमा पाँच हजार नौ सय ३५ र मकवानपुरमा दुई हजार दुई सय ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ०६ बजे