२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पार्टी कार्यालयमा धर्ना दिँदै कांग्रेस शेखर समूह



१० असोज ०७९, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । सोमबार ठमेलमा बसेको सो समूहको बैठकले असोज १२ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । असोज १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रकाश स्‍नेही सहभागी छन् । यस्तै नेताहरु गुरु घिमिरे, भुपेन्द्रजंग शाही, चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, बाग्मती प्रदेश कार्यसमितिका पदाधिकारी लगायत सहभागी रहेको बताइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।