२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडाै‌काे कलंकी, टुकुचा, चन्द्रागिरिलगायत १० ठाँउमा स्वास्थ्य परीक्षण




११ असोज ०७९, काठमाडौं । दसैं नजिकएसँगै सरकारले राजधानीका कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण गर्दैछ ।
सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको हो ।
यी ठाँउमा पशुसेवा विभागले उपत्यकाका खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछन् ।
पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।
यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।