२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोटेश्वर आसपास चङ्गा उडाए कडा कारवाही



फाइल तस्विर

१२ असोज ०७९, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोटेश्वर आसपासको क्षेत्र तीनकुने, जडिबुटि, सिनामंगल,पेप्सीकोला, काँडाघारी लगायतको क्षेत्रमा चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ ।
वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिवन्ध लगाएको हो ।
‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’प्राधिकरणले सूचनाको प्रकाशित गरेर भनेको छ । अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने प्राधिकरणको चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।