२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


चिनियाँ सहरमा १० जनामा कोभिड देखिएपछि लकडाउन




एजेन्सी
१२ असोज ०७९, बेइजिङ । केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधागिक सहर केन्द्र सेन्जेनमासरकारले लकडाउन घोषणा गरेपछि सर्बसाधरणले विराध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।
१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।
ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।