१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा कामदार किशोरीमाथि बलात्कार आरोपमा एक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१२ असोज ०७९, भक्तपुर । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दले बैतडी सिगास गाँउपालिका ५ घर रहेकी बलात्कार आरोपमा एक महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।
१९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको थियो । पक्राउपछि चन्दमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ६ : २७ बजे