२५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने



१३ असोज ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् ।
उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडादसैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।