८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर २ का उम्मेदवार डा.दिपेश केसी दौडेर चुनाव प्रचार सुरु गर्ने




१५ असोज ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. २ बाट संघीय संसदमा उम्मेदवारी दिने तयारीमा रहेका स्वतन्त्र उम्मेदवार डाक्टर दिपेश केसीले पाटन ढोका दौडेर चुनाव प्रचार अभियान सुरु गर्ने भएका छन् । आउँदो शनिबार विहान पाटन ढोकाको साइन्स व्लकदेखि दौडेर लाकुरी भञ्ज्याङको मानेदोभानसम्म पुग्ने र त्याँहाबाटै चुनाव प्रचार सुरु गर्ने डा. केसीले ललितपुर खबरलाई बताए ।
उनले भने, ‘म आफू एक्लै एजेण्डा बोकेर जनताको घर दैलोमा जान्छु ।’ उनले आफू बोलेर नभई गरेर देखाउने उम्मेदवार रहेको बताए ।
डा.दिपेशले यसअघि पत्रकार गर्थे। उनले केही समय नागरिक राष्ट्रिय दैनिकमा समेत काम गरे । नागरिक दैनिकमा रहँदा उनले ठमेलको छायाँ सेन्टर र ललितपुरको सप्तपालतको जग्गा मिचिएको घटनामा समेत निरन्तर समाचार लेखेका थिए । उनी रिपोर्टस नेपालको संस्थापक सम्पादक समेत भए । विर्मस साप्तहिकमा पनि उनले काम गरे ।
उनी पिएचडि डाक्टर समेत हुन् । उनी पुस्तकका पुस्तक समेत प्रकाशित छन् । उनी ललितपुरको लुभु विसुण्डोलमा जन्मिएका हुन् । भने ललितपुरको स्थानीय शिक्षण संस्थामा पेढे लेखेका थिए । उनी गहिरो नेवारी संस्कृती र सम्भयताको विषयमा गहिरो रुचि राख्छन् ।
संस्कृति, सम्पदा र सनातन धर्मको रक्षाका लागि आफु उम्मेदवारी दिन लागेको उनले बताए । मौलिक उत्पादन मासेर बेरोजगारी बढाएको र राजधानीका नदि सभ्यता फोहोर बनाइएको र त्यसका लागि लड्ने उनले बताउछन् । ललितपुरको काठ क्षेत्र विकाशमा पछि परेको भन्दै उनले यहाँको दिर्घकालील विकाशका एजेण्डा ल्याउने लागेको बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ०८ बजे