८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रत्नपार्कमा छ यौनकर्मीको तमासा




ललितपुर खबर
११ असोज ०७९, काठमाडौं । राजधानीको मुटु रत्नपार्क । यहाँ उत्तिकै भीड हुन्छ । यही भीडमा केही युवाहरु सधै उभिएका देखिन्छन् । बारमा छोटा कपडा लगाएका युवतीहरु पनि कसैलाई पर्खिरहे झैं उभिएका देखिन्छन् ।
रत्नपार्कमा यी उभिने र पर्खिनेहरु यौनकर्मी हुन् । यहाँ निर्वाध रुपमा यौनकर्म भइरहे पनि प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन ।
यहाँ उभिने यौनकर्मीहरु संगै उभिएका पुरुषलाई ‘जाने हो’ भनेर मोलमोलाई सुरु गर्छन् । १ हजारदेखि १ हजार २ सयसम्म मोल टुंगो लाग्छ । अनि महिला अघिअघि पुरुष पछि पछि लागेर विद्युत् प्राधिकरणको भवन पछाडिको गेष्ट हाउस पुग्छन् ।


यहाँ दुई वटा गेष्ट हाउसमा यौनकर्मीहरुलाई कोठा दिइन्छ । १ घण्टाका लागि भनेर लगिएका ग्राहकहरु १० मिनेटमै फर्कछन् । यी दुवै गेष्टहाउसको काउण्टरमा महिला बसेका देखिन्छन् ।
तर यहाँ बेला बेलामा प्रहरी गाडी लिएर लखेट्न आउछ । प्रहरीले सिटी बजाउदै यौनकर्मीहरुलाई धपाउछ पनि । यौनकर्मीहरु भाग्छन् । प्रहरी बाटो लागेपछि फेरी उनीहरुको धन्दा सुरु हुन्छ ।
बेला बेलामा प्रहरीले गाडीबाट ओर्लेर यौनकर्मीहरु लखेट्ने पनि गरेको छ । उभिएका पुरुषहरु पनि भाग्छन् । उभिएको अवस्थामा भेटिए उनीहरुलाई प्रहरी थर्काएर पठाउछ । तर यौनकर्मीहरुको रजगज रोकिएको छैन ।
मलुकुी अपराध संहिता, २०७४ ले यसरी यौन धन्दा गर्न बन्देज लगाएको छ । तर कानून विपरित निर्वाध रुपमा यौनकर्मीहरुको रजगज जारी छ ।रत्नपार्कमा भेटिएकी यौनकर्मीले रत्नपार्कमा बसेर यौनकर्म गर्ने युवतीहरुलाई कोठा दिने गेष्टहाउसले प्रहरीसँग मिलेमतो गरेर कोठी चलाइरहेको आरोप लगाइन् । उनले भनिन्,‘गोष्टहाउसवालाले पैसा खुवाएको हुन्छ । हामीलाई रत्नपार्कबाट लखेट्ने मात्रै हो । गेष्टहाउस पुगेपछि प्रहरीले पक्राउ गर्दैन ।’
काठमाडौं महानगरले आफ्नै आँगनअगाडि यौनकर्मीहरुले यौनलीला गरिरहे पनि मौन बसेको छ ।
मलुकुी अपराध संहिता, २०७४ को दफा १ सय २० मा वेश्याबृत्ति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न नहुने उल्येख छ ।
यदि कसैले वेश्यावृत्ती वा वेश्यागमनको लागि जानीजानी आफ्नो घर, जग्गा, सवारी साधन प्रयोग गर्न दिए मुलुकी अपराध संहिता २०७४को (२) उपदफा (१) बमोजिम छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरीबाना वा दवुै सजाय हुने उल्येख छ ।


रत्नपार्कका ती गेष्ट हाउसमा अप्राकृतिक मैथुन हुने गरेको छ । कानूनले अप्राकृतिक मैथुनलाई बर्जित गरेको छ ।
काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले रत्नपार्कमा बसेर यौनकर्मीहरुले बेश्याबृत्ति गरिरहेको नदेखिएको बताए । उनले आफूहरुले प्रहरीहरुसँग समन्वय गरेर काम गर्ने गरेको र आजकल उनीहरु रत्नपार्क भएजस्तो नलागेको बताए । उनले भने रहेछन् भने हामी प्रहरीसँग समन्वय गरेर हटाइ दिन्छौं ।
ललितपुर खबरसँग उनले अवदेखि यौनकर्मीहरुलाई उभिनै नदिने बताए ।
नगरप्रमुख पाण्डेले याँेनकर्मी रत्नपार्क नभएको बताए पनि मंगलबार साँझसम्म उनीहरुको भीड थियो ।
कहाँ हुन्छन् यौनकर्मी ?
केही बर्षअघिसम्म यौनकर्मीहरु सुन्धारा आपपास भेटिन्थे । तर पछिल्लो समय उनीहरु सर्दै विर अस्पताल आसपास आए । विस्तारै यौनकर्मीको केन्द्र रत्नपार्कको बसपार्क क्षेत्र बन्यो । आजकल उनीहरुको अड्डा पुरानो वसपार्कतर्फ विद्युत प्राधिकरण आसपास सरेको छ ।
केही यौनकर्मीहरु स्कुटी लिएर रत्नपार्कमा ढुकेर बस्छन् । उनीहरु लाजिम्पाट कोठामा जाने बताउछन् । केही विरअस्पतालपछाडि असनको गल्ली त कोही सुन्धाराको गेष्ट हाउस लैजाने् गर्छन् । काठमाडौं उपत्यका प्रहरी प्रमुख सिताराम रिजाल सार्वजनिक स्थलमा अश्लील कृयाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको बताए ।

काठमाडौं उपत्यका प्रहरी प्रमुख सिताराम रिजाल सार्वजनिक स्थलमा अश्लील कृयाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको बताए । प्रवक्ता रिजालले मिलोमतोमा यौन व्यावसायमा संलग्न भन्ने कुनै कुरै नआउने बताए । कानूनभन्दा बाहिर गएर काम गरिएको भेटिएमा संगठनले कारवाही गर्ने बताए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : ३० बजे