२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवीन्द्र मिश्र काठमाडौं-१ मा फेरि चुनाव लड्ने



१४ असोज ०७९, काठमाडौं । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन्। राप्रपाका बरिष्ठ उपाध्यक्ष रहेका मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन्। उनी २०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका थिए। उक्त चुनावमा उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए। मिश्रको उम्मेदवारी घोषणा सभामा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेता कार्यकर्ता उपस्थित थिए। २०७४ को चुनावमा सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने मिश्र १० हजार १ सय १८ मत पाएर पराजित भएका थिए।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।