२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


दशैमा झिलिमिलि रंगिएको बजार (तस्वीरहरु)




न्युज एजेन्सी नेपाल
१५ असोज ०७९, काठमाडौं । देशको संघीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिली बनेका हुन् ।
सहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिने गरी बजारमा झिलिमिली बत्ती बालिएको छ ।


आकर्षक बनाएर प्रतिष्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएका हुन् ।

दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसझाउ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ ।
उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन् ।


नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाईकेही दिनदेखि चटारो परेको छ ।

विशाल बजार ।   

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।