९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


दक्षिण अफ्रिकाविरुद्ध भारतलाई शृंखला



 असोज ०७९, काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी–२० शृंखला एक खेल अगावै २–० ले जितेको छ । आइतबार राति भारतले १६ रनको जित निकाल्यो । २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित १ सय ६ रन बनाए । क्विन्टन डी ककले अविजित ६९ रन बनाए । भारतका अर्शदिप सिंहले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो ।

भारतका सूर्यकुमार यादवले ६१ रन बनाए ।यस्तै, केएल राहुलले ५७ रन, विराट कोहलीले अविजित ४९ रन, कप्तान रोहित शर्माले ४३ रनको योगदान गरे । दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : ०० बजे