८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ठेचोको नवदुर्गा भवानीको बाह्र बर्षे जात्रा : सुनाकोठीमा कुल्पी यज्ञमा दिइयो बली (तस्विरहरु)



 

१७ असोज ०७९, ललितपुर । ललितपुरको ठेचोमा चलिरहेको नवदुर्गा भवानीको बाह्रे जात्राअन्र्तगत आइतबार सुनाकोठी वालकुमारीमन्दिरपरिसरमा कुल्पी यज्ञ सम्पन्न भयो ।


जत्रामा गुठीयारहरुले रातभर यज्ञको विधि पूरा गरे । यज्ञमा जोडी भँगेरा,परेवा,सर्प, माछा र हाँस ल्याइयो । त्यसमध्ये एउटा आगोमा होम गरि बली दिइएको थियो भने अर्को छोडिएको थियो ।
यज्ञपछि सुनाकोठीकै सूर्यकुण्डमा नुवाईधुवाईगरी ठेचो फर्केर च्याग्राको बली दिने चलन छ । अनि भोज खाइन्छ । जात्राकै रागोको बली दिइएको छ ।
बाह्र बर्षमा हुने यज्ञमा धेरै आगन्तुक सहभागी थिए ।


आउँदो कोजाग्रत पूर्णिमाको भेलिपल्ट ठेचोको दुरीखेलमा देश भोजको आयोजना हुनेछ । भोज सबै ठेचो र सुनाकोठीबासी सहभागी हुन्छन् । भोज कमलपो पातमा खुवाइन्छ ।
भोजमा एकै लहरमा हरेक धुरीबाट एक जना सहभागी हुन्छन् । नवदुर्गाहरुले उनीहरुलाई खानेकुरा पस्किदिन्छन् । अनि स्थानीयले घरमा लगेर परिवारसँगै बसेर खान्छन् ।

गतसाउनबाट सुरु जात्राको महत्वपूर्ण कुल्पी यज्ञ फुलपातीको राती ललितपुरको वालकुमारीस्थित कुल्पी भन्ने ठाँउमा सम्पन्न भयो । दक्षिण ललितपुरको दलचोकी जंगलबाट स्वसी(बाँज) जातको आगँसी(दाउरा) गतभदौंमा ल्याएपछि त्यही आगँसी प्रयोग गरेर कुल्पी यज्ञ गरिएको हो ।
हरेक बर्ष चलाइने नाचका क्रममा नवदुर्गाहरुले लगाउने बत्र र मुकुट फेर्ने बाह्र बर्षे जात्रामा फेरिन्छ । बत्र र गहना तान्त्रिक विधिबाट चोख्याउन यो यज्ञ गर्ने चलन छ ।
बाह्र बर्षे जात्रा आगामी चैत्रताका साहित निकालेर विधिपुर्वक अन्त गरिन्छ ।

जात्रा अवधिभर २८ वटा अनुष्ठान हुन्छन् ।भने विभिन्न ६० वटा बली दिइन्छ ।
जात्रा मनाउन गुठीलाई गोदावरी नगरपालिकाले ५० लाख रुपैया दिएको थियो ।लेन्स : ललितपुर खबर

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १२ : ४२ बजे