४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बारा बस दुर्घटनामा मृतकको सङ्ख्या १५ पुग्यो




२० असार ०७९, बारा । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका– २२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।
चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन् ।
गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।