१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्दागिरीमा पहिरो, ३ जनाको मृत्यु



फाइल तस्विर

२१ असोज ०७९, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ ।
थानकोट प्रहरीका अनुसार काभ्रेस्थित शंखु पिप्ले स्थायी ठेगाना भएका चन्द्रागिरी नगरपालिका २ तिनपिप्ले बस्ने बर्ष ५२ को राजु श्रेष्ठ, ४५ को रेखा श्रेष्ठ र डेढ बर्षकी सारथि श्रेष्ठको मृत्यु भएको छ ।
यस ठाँउमा गएराती १ बजेतिर पहिरो जाँदा यो दुर्घटना भएको हो । उनका अनुसार रातभर डोजरले खोतल्दा उनीहरुको मृत अवस्थामा शव फेला परेको हो ।
उनीहरु सानो घरमा ध्यान केन्द्र बनाएर बसेका थिए ।
घटनास्थल नागढुंगाबाट करिव ७ सय मिटर टाढा रहेको छ । रातभर अविरल बर्षापछि यो घटना घटेको बताइएको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : २७ बजे