१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा गठबन्धन : काग्रेसलाई ८ क्षेत्र माओवादीलाई ५ र समाजवादीलाई २ क्षेत्र भागबण्डा




ललितपुर खबर
२२ असोज ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा गठबन्धनले उम्मेदवारी टुंगो लगाएको छ । गएराती भएको सहमती अनुसार प्रतिनिधि सभाको उम्मेदवारीतर्फ नेपाली काँग्रेसले ८ वटा, नेकपा माओवादीले ५ वटा र नेकपा समाजवादीले २ वटा क्षेत्रमा उम्मेदवारी दिन भएका छन् ।
सहमती अनुसार नेपाली काँग्रेसले काठमाडौंको क्षेत्र नं.१,३,४,५,६ र १० निर्वाचन क्षेत्रसँगै ललितपुरको क्षेत्र नम्बर १ र भक्तपुरको क्षेत्र नं २ मा उम्मेदवारी दिनेछ । माओवादीले काठमाडौंमा २,७,९ र ललितपुरको ३ क्षेत्र र भक्तपुरको क्षेत्र नंम्बर १ बाट उम्मेदवारी दिनेछ । नेकपा समाजवादीले काठमाडौंको क्षेत्र नं. ८ र ललितपुरको क्षेत्र नं. २बाट मात्रै उम्मेदवारी दिने भएको छ ।
काठमाडौंमा प्रतिनिधि सभासासंदका लागि १० वटा निर्वाचन क्षेत्र रहेको छ भने ललितपुरमा ३ वटा र भक्तपुरमा २ वटा गरि उपत्यकामा कुल १५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेशतर्फ सबै क्षेत्रका २ वटा निर्वाचन क्षेत्र बाँडिएकाले ३० वटा क्षेत्र छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ५१ बजे