१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको ठेचोको बाह्र बर्षे जात्रामा देश भोजको रौनक (तस्विरहरु)



ललितपुर खबर
२४ असोज ०७९ , ललितपुर । ललितपुरको ठेचोस्थित नवदुर्गा भवानीको बाह्र बर्षे जात्रा अन्र्तगत देश भोज आज दुरीखेलमा खुवाइएको छ ।
भोजमा हरेक घरका मुली सहभागी भएका थिए भने देवगणले कमलको पातमा एक एक परिकार पस्केका थिए ।


हरेक बाह्र बर्षमा मनाइने यो जात्रामा ठेचो र सुनाकोठीबासीलाई भोज खुवाइन्छ । साथै ठेचोमै सुनाकोठीबासीलाई समेत भोज खुवाइएको छ । भोजमा एक लाइन लस्करै बसेका थिए । बर्षाका कारण भोज कार्यक्रम केही ढिला गरेर सुरु भएको थियो ।


भोज हेर्न हजारौं स्थानीयबासी भेला भएका थिए । भोज दुरीखेलबाट झण्डै एक किलोमिटर टाढासम्म स्थानीयबासी लाइन बसेका थिए ।
भोजमा सहभागीहरुले विभिन्न परिकार पोको पारेर घर लगेर परिवारको साथमा खाने चलन छ ।


जात्रामा उर्जा तथा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल,ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन,गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायत सहभागी भएका थिए ।


जात्रा आगामी चैत्रसम्म चल्लने नवदुर्गा भवानी गुठीले जानकारी दिएको छ ।

      

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ४४ बजे