३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’



२५ असोज ०७९, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना सङ्क्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार भएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

“उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उनले भने, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।”

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उनको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।