३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवाकाे उम्मेदवारीविरुद्ध परेकाे उजुरी खारेज



२५ असोज ०७९, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ ।

देउवाको नागरिकतामा उल्लेख भएको जन्ममिति र मतदाता नामावलीमा भएको जन्ममिति फरक परेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उम्मेदवारी खारेजीको माग गरेर हिजो सोमवार उजुरी दिएका थिए ।
तर आज मङ्गलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीलाई खारेज गरेर देउवाको उम्मेदवारी कायम गरिदिएको छ । कार्यालयले देउवाको जन्ममिति नागरिकतामा उल्लेख भएअनुसार नै २००३ जेठ ३१ गते रहेको भन्दै मतदाता नामावलीमा गलत प्रिन्ट भएका कारण २००२ जेठ ३१ गते उल्लेख हुन पुगेको दाबी गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।