४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध !



२६ असोज ०७९, लमजुङ । राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनांगे निर्विरोध हुने भएका हुन् ।

उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजेसम्मको समय तोकेको छ । त्यसैले मनांगे निर्विरोध भएको सूचना आयोगले ३ बजेपछि मात्र सार्वजनिक गर्ने भएको छ । मनांगे गण्डकीका युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । अघिल्लो पटक पनि उनी स्वतन्त्र रूपमा विजयी भएका थिए । त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो ।

तर, पछि मनांगेकै कारण एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्न पुग्यो । उनी सत्तारुढ गठबन्धनमा सामेल भए । यसपटक मनांगेलाई कांग्रेस र एमाले दुवै दलले समर्थन गरेर आफ्नो उम्मेदवार नउठाएकैले उनी निर्विरोध हुन लागेका हुन् । दोर्जे लामा गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।