३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको अनुगमन गर्न प्रहरीलाई निर्देशन



२७ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो ।

‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र दल तथा उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिर्नेशन दिइएको छ,’ आयोगले भनेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ५ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।