८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा पम्फा बलियो कि अमृत वा डा.तोसिमा ?



 


ललितपुर खबर
२८ असोज ०७९, ललितपुर । चिसो चिसो मौसममा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सरगर्मी सुरु भएको छ । निर्वाचन आयोगले मतदानमा भाग लिनेहरुको अन्तिम नामावली प्रकाशन गरी सकेको छ । ललितपुर क्षेत्र नंं ३ बाट २० जना प्रतिश्पर्धी चुनावी मैदानमा उत्रेका छन् ।


गठबन्धनको नेतृत्व गर्दै नेकपा माओवादीकी स्थायी समिती सदस्य तथा उर्जा,जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल अगाडि आएकी छिन् । उता प्रमुख प्रतिपक्ष दलको तर्फबाट ललितपुरका स्थानीय अमृत खड्का निर्वाचनमा भाग लिएका छन् भने पाटन अस्पतालको डाक्टरबाट राजिनामा दिएर विकल्प दिन डा.तोसिमा कार्की निर्वाचनमा भिड्न तयार छिन् ।

२०७४ सालको मतभार विश्लेषण गर्दा गठबन्धनकी पम्फा भुसालको पक्षमा निर्वाचनको परिणाम जानसक्ने आकलन गर्न सकिन्छ । गतनिर्वाचनमा काँग्रेसले पाएको मत २२ हजार ३ सय २८ बराबरको मत थियो । त्यसबेला माओवादी एमालेको गठबन्धन रहेकै अवस्थामा नेपाली काँग्रेस १ हजार ७ सय ४ मतले मात्रै पछि थियो ।
तर त्यसताका जितेका मदन बहादुर अमात्य टिकट नपाएर रुष्ट छन् । स्तानीय निर्वाचनमा वावुराज महर्जन पनि अहिले एमालेमा गइसकेका छन् । उनले ललितपुरमा स्थानीय निर्वाचनको बेला धोका पाउदा एमालेकी उम्मेदवार मञ्जली शाक्यले जितिन् ।

यद्यपी पम्पा भुसाललाई ललितपुरमा नेवारी समुदायमा राम्रो पकट रहेका स्थानीय नेता राजकाजी महर्जनको बलियो साथ छ । उनी सहित काँग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ उम्मेदवार रहेकै अवस्थामा पम्फाको अवस्था कमजोर छैन ।


प्रमुख प्रतिपक्ष दलका स्वच्छ छवि भएका नेता अमृत खड्का पनि प्रतिपक्षको पोलमा छन् । उनले थुप्रै सामाजिक काम गरेका छन् । नेकपा एमालेबाट रघुजी पन्तले पटक पटक ललितपुरको नेतृत्व गरेको ललितपुरमा स्थानीय उम्मेदवार उठाएर एमालेले जित आफ्नो पोल्टामा पर्ने दाउ गरेको छ ।


काठमाडौंमा वालेन शाहजस्तो विकल्प रोजेको सन्दर्भमा ललितपुरमा पनि पाटन अस्पतालको डाक्टरजस्तो पदबाट राजिनामा गरेर ललितपुरकै स्थानीय डा. तोसिमा कार्की चुनौती दिन खडा भएकी छिन् । उनको सामाजिक गतिविधि र वैकल्पिक राजनीतिक धार समात्दा ललितपुर ३ मा चुनावी माहोल कता जाला यसै भन्न सकिन्न ।
गएको २०७४ सालको निर्वाचनको विश्लेषण गर्दा त्यसबेला विवेकशील पार्टीका उज्वलकृष्ण श्रेष्ठले ७ हजार ६ सय २८ मत पाएबाट यो अवस्थामा बैकल्पिक उम्मेदवारको अवस्था उत्तिकै राम्रो छ भन्ने देखाउछ ।

२०७४ सालमा पाएको मत :
पम्फा भुसाल                       (२४०३६विजयी)            नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
मदन बहादुर अमात्य             (२२३२८)                     नेपाली काँग्रेस
उज्वल कृष्ण श्रेष्ठ                   (७६२८)                       विवेकशील साझा पार्टी
राम प्रसाद भट्ट                     (२१२१)                         नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
दल बहादुर लिम्बु                 (८९४)                          नयाँ शक्ति पार्टी नेपाल
श्याम प्रसाद तिमल्सिना         (६८९)                          एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
हेम राज शाक्य                    (६२८)                          संघीय समाजवादी फोरम नेपाल
गोमा के सी थापा                 ३०४)                            स्वतन्त्र
प्रमोद के. सी.                     (१८१)                            राष्ट्रिय जनता पार्टी नेपाल
दिप राम महर्जन                 (१८१)                            राष्ट्रिय जनमोर्चा

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ३७ बजे