
२९ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि निर्धारित तीन चुनाव चिन्ह हेरफेर गरेको छ। आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिन्ह हेरफेर गरिएको आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार हाम्रो नेपाली पार्टीको चिन्ह लौरो तथा स्वतन्त्र उम्मेदवारको डोजर र क्रस खुकुरी हेरफेर गरिएको हो ।








प्रतिक्रिया