८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका ‘नयाँ उम्मेदवार’ : आफू आफूमै भिड्दै




ललितपुर खबर
३० असोज ०७९,ललितपुर । स्वतन्त्र राजनीतिसँगै जन्मिएका ललितपुरका नयाँ नेताहरु आफू आफूमै भिड्दै छन् ।
काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारले जितेसँगै उदाएको स्वतन्त्र उम्मेदवारीको क्रेज अन्नतः लौरो र घण्टी अभियानमा पुगेको छ । ललितपुरका डा. तोसिमा कार्की र सचिन घिमिरेले घण्टी अभियानलाई साथ दिएका छन् भने लौरो अभियानका सारथी राजाराम तण्डुकार र डा.सुदिन शाक्य रहेका छन् ।
ललितपुर ३ मा स्वतन्त्र उम्मेदवारीसँगै अगाडि आएकी डा.तोसिमा कार्की सञ्चारकर्मी रविन्द्र मिश्रको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह लिएर निर्वाचनमा होमिएकी छिन् । ललितपुर ३ बाटै नेपालका लागि नेपाली पार्टीबाट लौरो चिन्ह लिएर राजाराम तण्डुकार निर्वाचनमा अघि बढ्दै छन् ।


डा. कार्की घण्टी चिन्हमा आवद्ध रहँदा ललितपुरका अरु उम्मेदवारहरुले आफूलाई समर्थन गरेको दावी गर्छिन् । भन्छिन्, ‘अरु उम्मेदवारहरुले छोडेपछि म आएको हुँ ।’
उनी आफू स्वतन्त्र पार्टीको घण्टी चिन्ह लिएर निर्वाचनमा आए पनि पार्टीले भविश्यमा अप्रकृतिक गठबन्धन गरे अस्वीकार गर्ने बताउछिन् । उता ललितपुर ३ कै प्रतिश्पर्धी राजाराम तण्डुकार आफ्नो जीत निश्चित रहेको दावी गर्दै आफूले प्रतिश्पर्धी डा. तोसिमासँग मिलेर उम्मेदवारी दिन भेट्न खोज्दा समय नमिलेको गुनासो गर्छन् । भन्छिन्,‘एजेण्डाको जित हुने हो ।’


लामो समय सडकबाट आवाज उठाइरहदा आफूलाई ठाँउमा पुगेर आवाज उठाउन जनस्तरबाट नै सुझाव आएपछि उम्मेदवारी दिनु परेको उनको भनाई छ । उनी भन्छन्,‘मेरै पक्षमा लहर छ ।’
उता डा. तोसिमा पनि जोड तोडले लागेकी छिन् । उनी समुदायमा जाने आफ्ना कुरा भन्नु बाहेक सोसल मिडियादेखि पत्रकार भेट्दैमा दिन विताइरहेकी छिन् ।
डा. तोसिमा यो स्वतन्त्र छवि बनाएका उम्मेदवारहरुको प्रतिश्पर्धा केन्द्रबाट सुरु भएको तर्क गर्छिन् । ‘माथि हुँदै जिल्लामा आएको हो ।’उनी भन्छिन् । ललितपुर ३मा जेसन बैद्य,सविता महर्जन,कृष्णभक्त ब्रम्हाचार्य,चिरन थापा र राधे खड्कालगायत स्वतन्त्रहरु जोडबल गर्दै निर्वाचनमा भिड्दै छन् ।


ललितपुर क्षेत्र नंंं ३ मा प्रतिनिधि सभाको निर्वाचनका लागि कुल २० उम्मेदवारमध्ये ९ जना स्वतन्त्र उम्मेदवार उठेका छन् ।

स्वतन्त्र छवि बनाएर निर्वाचनमा ठूला दलहरुसँग प्रतिश्पर्धा गर्दा स्वतन्त्र स्वतन्त्र उम्मेदवारहरुको चर्को प्रतिश्पर्धा देखिन्छ ।
दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह चिरपरिचित छ । टोल टोलमा संगठित कार्यकर्ता र संगठन छ । उनीहरुसँगै प्रतिपर्धा गर्ने स्वतन्त्रहरु भने आफू आफू नै मिल्न सक्दैनन् । यसरी स्वतन्त्र स्वतन्त्र निर्वाचनमा लड्दा स्वतन्त्रहरु हार्ने अवस्था देखिन्छ ।
ललितपुर २मा २२ जना उम्मेदवारमध्ये ८ जना मात्रै स्वतन्त्र उम्मेदवार छन् ।
ललितपुर २ मा सुरुमा स्वतन्त्र छवि बनाएका डा. सुदिन शाक्य लौरो बोकेर निर्वाचनमा लड्दै छन् । पेशाले दन्त चिकित्सक शाक्य आफूहरु स्वतन्त्र उम्मेदवारहरुले कागजी पार्टी खोलेर निर्वाचनमा गएको बताउछन् ।


यही क्षेत्रमा डा. दिपेश केसी पनि प्रतिश्पर्धा गर्दैछन् । डा केसी आफ्नो पक्षमा माहोल तयार भइसकेको बताउछन् । उनी आफूलाई कसैले समर्थन गरे स्वीकार गर्ने बताउछन् । यहाँ नयाँ उम्मेदवारहरु मध्ये डाक्टरद्वय शाक्य र केसीको चर्को प्रतिश्पर्धा हुने अवस्था रहेको स्थानीयहरु बताउछन् ।


ललितपुर १ मा भने डा.सचिन घिमिरेको खासै प्रतिश्पर्धा देखिएको छैन । नेकपा माओवादीबाट बागी स्वतन्त्र उठेका राजु आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा उम्मेदवारी फिर्ता लिएसँगै ललितपुर १ मा स्वतन्त्र उम्मेदवारहरुको खास प्रतिश्पर्धा नहुने अवस्था आएको हो ।
हरेक निर्वाचनका बेला चर्का कुरा गर्दै नयाँ नयाँ नेताहरु जन्मिन्छन् । तर राजनीतिमा धक्का दिन नसकेको इतिहास छ ।
२०७४ सालमा दुई वटा नयाँ पार्टी जन्मिए । विवेकशील पार्टीका  तत्कालीन अध्यक्ष स्व.उज्वल थापा र रविन्द्र मिश्रको साझा पार्टी दुवै पार्टी मिले। अनि चुनावमा होमिए । उता माओवादी छोडेका वावुराम भट्राईको नयाँ शक्ति पार्टीको पनि खास प्रभाव रहेन । संघीय समाजवादी पार्टीसंग विलय भयो ।
वावुराम भट्राई उपेन्द्र यादवसँग छुट्टिएर प्रचण्डलाई आफ्नो चुनाव क्षेत्र सापटी दिएर बसेका छन् । रविन्द्र मिश्रसहितको टोली राप्रपामा विलय भयो । देश परिवर्तन गर्छु भन्नेहरु आफै परिवर्तन भए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : २३ बजे