१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु



३० असोज ०७९, पोखरा ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङ खेलका खेलाडीको दुर्घटनामा परेर निधन भएको छ । नवौंमा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङको क्रसकन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेका निसिम थापाको दुर्घटनामा परेर निधन भएको हो ।

सराङकोटमा जारी प्य राग्लाइडिङमा उनी त्रिभुवन आर्मी क्लबबाट सहभागी भएका थिए । कास्की घर भएका २६ वर्षिय थापा १०० मिटर माथिबाट जमिनमा खसेका थिए । तत्काल उनलाई उपचारका लागि पोखरामै रहेको मेट्रोसिटी अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।