३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभरका प्याराग्लाईडिङ उडानमा रोक



३० असोज ०७९, पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने “सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ ।”

प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय गरेको छ । उडान खेलअन्तर्गत पर्ने प्याराग्लाइडिङमा पछिल्ला दिनमा दुर्घटना बढेपछि प्राधिकरणले उडानमा रोक लगाएको हो ।

आइतबार बिहान पोखराको साराङकोटमा प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । पोखरा महानगरपालिका–१८ स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात सय मिटर माथिबाट खस्दा थापाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।