२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


साँगामा खोला नभएको ठाउँमा एक करोडको लागतमा झोलुङ्गे पुल, तरेको २० रुपैयाँ



३१ असोज ०७९, भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको पाइएको छ।
नगरपालिकाको वडा नं ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्नेसँग २० रुपैयाँ असुल्ने गरेका खुलेको हो । यतिबेला, दुईवटा डाँडालाई जोड्न बनाइएको उक्त पुल तरेबापत शुल्क लाग्न थालेपछि यस विषय विवादित बनेको छ ।

नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपैयाँको लागतमा पुल निर्माण गरेको हो । पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने गरिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए ।

सार्वजनिक बिदामा दैनिक सो क्षेत्रको अवलोकन गर्न हजारौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उनले बताए । पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउन न्यून शुल्क लिनु परेको उनले बताए ।,

वडा नं ९ र १० का स्थानीयले भने पुल प्रयोग गरेबापतको शुल्क तिर्नु नपर्ने प्रवक्ता सापकोटाले बताए । यस्तै, नगरपालिकाका बासिन्दालाई पनि ५० प्रतिशत छुट दिइएको छ । सार्वजनिक बिदामा अत्यधिक भीड हुने भएकाले सो भीड व्यवस्थापनका लागि रकम उठाइएको नगरपालिकाको भनाइ छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।