२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संस्कृतिविद् जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा



३१ असोज ०७९, काठमाडौं ।  संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार (कात्तिक १ गते)  सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

यस्तै, कात्तिक १ गते राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पनि पोखरेलले जानकारी दिएका छन्।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।