८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर १ मा काँग्रेसबाट पुस्तौदेखि निर्वाचनको टिकट ‘कव्जा’ गर्दै राणा परिवार




१ कार्तिक २०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १ मा २ पुस्ता र ३१ बर्षदेखि निरन्तर राणा परिवारले निर्वाचनको टिकट कव्जा गरिरहेको छ ।
प्रजातन्त्र स्थापनापछि भएका ५ वटा आम निर्वाचन र २ वटा संविधानसभा निर्वाचनमा सागरशम्सेर राणाको परिवारले नै टिकट हात पारेको हो ।
२०४८ सालको आम निर्वाचनमा पहिलो पल्ट ललितपुर कुपण्डोलका सागरसम्शेर राणा टिकट पाएदेखि पछिल्लो २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनका छोरा उदयशम्सेर राणाले टिकट पाएका छन् ।


तथ्याङ्क अनुसार २०४८,२०५२ र २०६८ सालको आम निर्वाचनमा सागरशम्सेर राणाले प्रनिनिधि सभाको टिकट हात पारे भने २०६४ सालको संविधानसभा र २०७० सालको दोश्रो संविधानसभा सदस्यको समेत उनका छोरा उदयशम्सेर राणाले पाए । पछिल्लो २०७४ र २०७९ सालको प्रतिनिधि सभाको टिकट समेत उनै राणालाई नै पार्टीले दिएको छ ।
यद्यपी राणा परिवार ललितपुर १ को स्थानीय नेता भने होइनन् । उनीहरुको परिवार ललितपुर ३ स्थित कुपण्डोलमा बस्दै आएको छ । निर्वाचन आयोगको मतदाता परिचय पत्रमा नेपाली काँग्रेसमा उम्मेदवार उदय शम्सेर राणााको मतदान स्थल ललितपुर महानगरको वडा नं. १ रहेको उल्येख छ । (हेर्नुस तस्विर)
नेपाली काँग्रेसभित्र लामो समयदेखि राजनीतिक आन्दोलनमा योगदान गर्ने अग्रज स्थानीय नेताहरु पार्टीभित्रको यो प्रर्वतिका कारण निराश छन् । तर बोल्दा पछि परिने डरका कारण बोल्न सकेका छैनन् ।
ललितपुरका एक अग्रज स्थानीय नेता नाम नबताउने शर्तमा ललितपुरका पार्टीको व्यावहारका कारण आफूहरु हैरान भएको बताउछन् । उनी भन्छन्,‘जति पल्ट सिफारिस भएर गए पनि हामी स्थानीय नेतालाई केन्द्रले टिकट नै दिदैन । निर्वाचन नै लडेर जित्न नपाएपछि हाम्रो हैसियत नै बनेन ।’
उनले केन्द्रमा टिकट बाड्दा पैसाको चलखेल हुने गरेको हल्ला सुनेको र पछिल्लो घटनाक्रममा आफूहरु त्यसकै कारणले यो अवस्था आएको विश्वास गर्न थालेको बताए ।
निरन्तर टिकट पाउनुमा उनको क्षमता भएको भन्ने तर्क समेत पार्टीभित्र चल्ने गरेको छ । १३ औं महाधिवेशनमा केन्द्रिय सदस्यहरुमध्ये धेरै मत पाउनेमा ५ औं नम्बरमा रहनुले पनि पार्टीभित्र उनको पकट झन् बलियो बनेको चर्चा हुने गरेको छ ।


पार्टीभित्र राणाले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत विश्वास बटुल्न सफल छन् । उनले अघिल्लो सरकारमा अर्थराज्यमन्त्री जस्तो महत्वपूर्ण ठाउमा समेत पुग्न सफल भए ।
पछिल्लो घटना क्रममा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति समेत सन्तुष्ट छैनन । उनी पार्टीले टिकट वितरण र गठबन्धन गरेर भूल गरेको बताउदै आएका छन् ।
ललितपुर १ बाट निरन्तर रुपमा टिकट के क्षमताका कारण पाउनु भयो भन्ने ललितपुर खबरको प्रश्नमा उम्मेदवार राणाले उत्तर दिन चाहेनन् । उनले टेलिफोन संवादमा भने, ‘अहिले म मिटिङमा छु ।’
नेकपा एमालेले भने ललितपुरमा मिठाराम शर्मा बजगाईलाई २०४८ र २०५२, सुशीला नेपालललाई २०६०, मधुसुधन पौडेललाई २०६४ र २०७० सालको संविधान सभा र नवराज सिलवाललाई २०७४ र २०७९ सालमा प्रतिनिधि सभा निर्वाचनका लागि टिकट दिएको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : १५ बजे