२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्वाचन आयोगको निर्देशन




१ कात्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीहरुमार्फत् यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले रोक्न भनिएको बताए ।सम्बन्धित उम्मेदवारलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई उनले आग्रह गरे ।

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नको प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।