३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन



२ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता ऋषिराम भुसालले लाभको पदमा रहेका व्यक्तिहरूलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नगर्न, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी सङ्ख्याको जुलुस लिई नहिँड्न समेत गराउनुभएको छ ।

त्यस्तै, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको उल्लेख गर्नुहुँदै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढङ्गले सम्पादन गर्नका लागि भन्दै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न लिखित सात बुँदे निर्देशन दिएको हो ।

सहायक प्रवक्ता भुसालद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने उल्लेख छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।