४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको मूल्य पनि लगातार घट्दै



४ कात्तिक ०७९, काठमाडौं । सुनचाँदीको मूल्य लगातार तेश्रो दिन पनि ओरालो लागेको छ । कार्तिक ४ गते, सुन तोलामा ६०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ भने शुक्रबार स्थिर रहेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यो साता सुनको भाउमा गिरावट भएको छ । एक सातामा सुन प्रतितोला एक हजार ६०० रुपैयाँले सस्तिएको छ । अघिल्लो शुक्रबार सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा सुन कारोबार भएको थियो । शुक्रबार चाँदीको भाउ स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १७० रुपैयाँ कायम रहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको भाउ तोला पाँच रुपैयाँले घटेको थियो । चाँदीको मूल्य यो साता प्रतितोला १५ रुपैयाँले घटेको छ

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।