९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेविरुद्ध आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी



६ कात्तिक ०७९, काठमाडौं । १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ ।

सरकारी वकिल कार्यालयले आइतवार अभियोगपत्र अदालतमा दर्ताको तयारी गरेको हो । यसअघि प्रहरीले शुक्रवार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। आज अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना रहेको छ। सोमवारदेखि अदालत विदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो ।सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ३२ बजे