८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ठेचोमा श्वेत भैरवको नृत्य मञ्चन, दर्शनार्थीको घुइचो




८ कात्तिक ०७९,ललितपुर । ललितपुरको ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्राको क्रममा श्वेतभैरवको नाच मञ्चन गरिएको छ ।
अपरान्हबाट देखाउन सुरु गरिएको नाच साँझसम्मै देखाइएको थियो । हरेक १२ वर्षमा आजकै दिन नाच देखाउने भएकोले हेर्न स्थानीय नेवार समुदायको भीड लागेको थियो ।
नाथ अघि राष्ट्रपति विद्यादेवि भण्डारीले मन्दिरमा दर्शनका साथै पुजा अर्चना गरेकी थिइन् ।
श्वेतभैरवको पहिलो दर्शन गर्नेलेनिसन्तान दम्पतीले सन्तान पाउने धार्मिक विश्वास छ ।
नृत्य बाह्र वर्षमा एक पल्ट मात्रै मञ्चन गरिने भए पनि स्थानीय सबै सामाग्री तयार गरी गुठीयारसँग अनुरोध गरे देखाउन सकिन्छ । तर यो अवस्था दुर्लभ हुने गर्दछ ।
गएको साउनदेखि ठेचोमा बाह्र वर्षे जात्रा चलिरहेको छ । जात्रामा क्रममा २८ विभिन्न अनुष्ठान र ६० वटा विभिन्न पशुपञ्छीको बली दिइने नवदुर्गा भवानी गुठीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : १२ बजे