९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा



१६ कात्तिक ०७९, काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

मंगलबार बयान सकिएसँगै बुधबारदेखि इजलासमा थुनछेक बहस शुरु भएको छ । आज इजलासमा नौ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

पीडितको पक्षमा चार जना सरकारी वकिल, तीन जना वकिल र प्रतिवादीको तर्फबाट दुई जना वकिलले बहस गरेका छन्। सन्दीपको पक्षबाट अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन्। थुनछेक बहस भोलि पनि जारी रहनेछ। बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ०४ बजे