८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा सिलवाल र राणाबीच निरन्तर वाकयुद्ध




१८ कात्तिक ०७९, ललितपुर । मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुबीच चुनावी प्रचारका क्रममा मञ्चहरुबाट एक अर्कामा आरोप प्रत्यारोप र दोहोरी चल्न थालेको छ ।
तर पछिल्लो समय राणाले आफ्ना वावु शागरशम्सेर राणालाई गाली गरेको आरोप लगाए ।
यसअघि राणाले पहिले नै सफाई पाइसकेको मिटरव्याजको आरोपलाई अतिरञ्जित गरेको भन्दै सिलवालले व्यक्तिगत रुपमा नउत्रन चेतावनी दिएको थिए ।
बेला बेलामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदय शम्सेर राणाले व्यक्तिगत रुपमै उत्रेर विभिन्न आरोप लगाउने गरेको भन्दै एमालेका उम्मेदवार सिलवालले गुनासो गर्दै आएका छन् ।
२०४८ सालदेखि निरन्तर सागरशम्सेर राणा र उदयशम्सेर राणा सातै पटक (सागर शम्सेर २ पल्ट उदयशम्सेर ५ पल्ट) पार्टीको टिकट लिएर अरु नेतालाई अवसर नदिएको भन्दै पार्टीभित्र असन्तुष्टि छ ।
ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार नवराज सिलवालले आफ्ना चुनावी प्रतिस्पर्धी उदयशमसेर राणालाई स्वस्थ राजनीतिक प्रतिस्पर्धामा उत्रन चुनौती दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेद्ववारी दिएका राणाले ललितपुरको चापागाउँमा आयोजित एक चुनावी कार्यक्रममा आफ्ना बृद्ध बाबुसागर शमसेर राणालाई सिलवालले गाली गरेको अभिब्यक्ति दिएपछि सिलवालले यसको खण्डन गरेका हुन् । बिहीबार गोदावरी नगरपालिका वडा नम्बर ११ चापागाउँमा वडा निर्वाचन परिचालन कमिटीको उद्घाटन कार्यक्रममा बोल्दै निवर्तमान सांसद सिलवालले आफूले निर्वाचन जितेर राज्य मन्त्री हुँदा जनताका लागि के गर्नुभयो भन्दै प्रश्न गरे ।


‘मैले ब्यक्तिगत रुपमा कसैको नाम पनि लिएको थिइँन , उदय शमसेरले भाषण गर्नुभएछ , नवराज सिल्वालले मेरो वंशलाई गालि गर्नुभयो, बरु मलाई गाली गरेको भए हुन्थ्यो’, उनले भने । उनले राणाको वंशलाई केही गाली गरेको नगरेको र उम्मेदवार राणाको बुबा सागर शमसेरप्रति आफ्नो सम्मान रहेको बताए ।
सिलवालले कांग्रेस पार्टी वंशवादतर्फ गएको भन्दै भूगोलको नेतृत्वमा किन कांग्रेसबाट आउँदैनन् भन्दै प्रश्न गरे ।
उनले ललितपुरको १ नम्बर क्षेत्रमा अझै राणा शासन अन्त्य नभएको बताए । उनले ललितपुर क्षेत्र नम्बर १ हाँक्न सक्ने यहिँको माटोमा जन्मिएको र हुर्किएको नेताले भूगोलको नेतृत्व गर्दै संसदमा जान सक्दैन ?, भन्दै प्रश्न गरेका थिए ।


२०७४ पछि एमालेले बनाएको सडकमा करौडोंको गाडी चढेर हिड्ने उदय शमसेरले उल्टै नवराज र एमालेले केही गरेन भन्दै गाली गर्ने बाहेक उदय शमसेरको राजनितीक चुनाबी एजेण्डा केही पनि नभएको सिल्वालको आरोप छ ।
केही समयअघि टिकाभैरव घुसेल सडक आफ्नो पहलमा बनाएको भए पनि उम्मेदवार राणाले बनाउन पहल गरेको भाषण गरेको भन्दै सिलवालले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ३४ बजे