९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश



१८ कात्तिक ०७९, काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । आदेशसँगै मुद्दाको किनारा नलागेसम्म उनी कारागारमा रहनेछन् ।

भदौ २१ गते सन्दीपविरुद्ध नाबालिगले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहरी दिएकी थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : १० बजे