८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तोसिमालाई घण्टी बजाउन रोकिएको छैन : आयोग



२३ कात्तिक ०७९,  काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई प्रचार प्रसारमा रोक नलगाएको स्पष्ट पारेको छ।

कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको आयोगले जनाएको छ। डा. कार्कीलाई घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको समाचार प्रकाशित भएपछि आयोगले यस्तो स्पष्टीकरण दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले प्रचारप्रसारका क्रममा आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै हिँड्ने गरेका छन्। घण्टी बजाउँदा ध्वनि प्रदूषण हुने भन्दै आयोगले त्यसो नगर्न निर्देशन दिएको भन्ने समाचारप्रति आयोगको ध्यानाकर्षण भएको हो।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।