१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालले यू–१९ क्रिकेट विश्वकप आयोजना गर्ने



२७  कात्तिक ०७९, काठमाडौं । नेपाल पहिलो पटक आईसीसी यू-१९ महिला विश्वकप आयोजना गर्न पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप नेपालले आयोजना गर्ने निर्णय गरेको हो। यो प्रतियोगिता नेपालसँगै बाङ्लादेशले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी बोर्डको आइतबार बसेको बैठकले निर्णय गरेको छ।

आईसीसी बोर्डको बैठकले सन् २०२४ देखि २०२७ सम्म हुने विभिन्न प्रतियोगिताको आयोजकको राष्ट्र घोषणा गरेको हो। जसमा नेपालले पनि बाङ्लादेशसँगै २०२७ को यू-१९ विश्वकप आयोजना गर्ने मौका पाएको हो।त्यस्तै, सन् २०२५ को यू-१९ महिला विश्वकप भने मलेसिया र थाइल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन्।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।