२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मतदानको दुई दिन अघिदेखि आयोगद्वारा मदिरा बिक्री र सेवनमा रोक




२८ कात्तिक ०७९, काठमाडौं ।  आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो ।

मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।