१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु



२९ कात्तिक ०७९,काठमाडौं । भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो । झापाको विर्तामोड नगरपालिका–२ घर भएका भइ भक्तपुरको मध्यपुर थिमि बस्दै आएका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।ट्यांकर चालक भक्तपुरको ब्यासीका प्रविण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ३६ बजे