
२९ कात्तिक ०७९,काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।
खड्काले गठबन्धनका कास्की–२ ९२०का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ । खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध मत माग्दै हिँडेको आरोप छ ।
खड्का ०७४ सालमा निर्वाचनमा समानपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको थिए । खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाएका हुन् ।








प्रतिक्रिया