१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा आगलागी , एक जनाको मृत्यु, अर्का घाइते



३० कात्तिक ०७९,काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका६ राईटोलको एउटा घरमा बुधबार आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।आत्माराम केसी र हरिशरण केसीको इँटा र काठले बनेको तीन तल्ले कच्ची घरमा अचानक आगलागी हुँंदा सोही घरमा बस्ने २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सुस्त मनस्थिति र प्यारालाइसिस रोगबाट ग्रस्त थिइन् ।

घटनामा परी सोही घरकी १४ की नित्मा केसी घाइते भएकी र उनलाई नजिकैको कोरियन अस्पतालमा लगेको र उपचारपछि डिस्चार्ज भएको भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुईवटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : ३७ बजे