९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एक दिवसीय क्रिकेट: दोस्रो खेलमा नेपाल विजयी



३० कात्तिक ०७९,काठमाडौं । नेपाल भ्रमणमा रहेको यूएई नेपालसँग तीन विकेटले पराजित भएको छ । यसअघि पहिलो एक दिवसीय क्रिकेटमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो ।

बुधबार त्रिवि मैदानमा भएको खेलमा यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ दशमलव पाँच ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रन ल्यायो । नेपालका लागि गुलशन झाले ३७ र कुशल भुर्तेलले ३५ रनको पारी खेले । यूएईको बलर रोहन मुस्ताफाले तीन विकेट लिँदै २४ रन खर्चे ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएई ४३ ओभरमै अलआउट भएको थियो । यूएईका लागि एम वसिमले ५० र ए सरफुले ३५ रन बनाएका थिए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन–तीन विकेट लिएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०१ बजे