१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा २५ जना स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभाका लागि भिड्दै




१ मंसिर ०७९, ललितपुर । प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा २५ जनाको स्वतन्त्र उम्मेदवार लड्दै छन् ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरको तथ्याङ्कअनुसार ललितपुर क्षेत्र नं १ मा १० जनाले, क्षेत्र नं २ मा आठ जनाले र क्षेत्र नं ३ मा सात जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
ललितपुर निर्वाचन क्षेत्र नं १ मा डा. सचिन घिमिरे, कृष्णकाजी महर्जन, शैलेन्द्र विष्ट, गोकुल तिमल्सिना, भूपेन्द्र सिल्वाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया लो, राजकुमार तिमिल्सिना, सुमन भुम्जन र गोविन्द घिमिरे केसीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै ललितपुर क्षेत्र नं २ मा राधिका सुवेदी, निरजभक्त माथेमा, हेराकाजी अवाले, विकास शाक्य, सरिना लाखे (श्रेष्ठ), दीपेशकुमार केसी, ऋषिराज भेटवाल र सञ्जिव चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर क्षेत्र नं ३ मा सञ्जय महर्जन, जेसनदेव वैद्य, विष्णु महर्जन, चिरन थापा, कृष्णभक्त ब्रह्मचार्य, राधेश्याम खड्का र रघुनाथ केसीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यस जिल्लामा एक लाख २२ हजार दुई सय ७४ पुरुष र एक लाख २८ हजार एक सय ३५ महिला गरी कूल दुई लाख ५० हजार चार सय १० मतदाता रहेका छन् । जिल्लाभर दुई सय ९० मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ३ : ३९ बजे