२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नरदेवि मन्दिरबाट चाँदीको मूर्ति चोरी




१ मंसिर ०७९, काठमाडौं । काठमाडौंको नरदेवि मन्दिरबाट चाँदीको मूर्ति चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १८ नरदेवीस्थित नरदेवी मन्दिरबाट सानो चाँदीको गणेशको मूर्ति बुधबर दिउँसो चोरी भएको हो ।
उक्त मन्दिरको मूर्ति चोरी भएको सूचनापछि प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।