१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पानी ट्यांकरकाे ठक्करबाट भक्तपुरमा ७ वर्षीय बालकको मृत्यु



३ मंसिर ०७९, काठमाडौं ।  भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्वरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।

सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारको लगि भक्तपुर अस्पताल लगेको थियो । उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको जनाइएको छ । ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने बर्ष ४५ को सीताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : ५२ बजे